सदन बलजफ्ती चलाउनु राम्रो होइन – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
1.5K
SHARES

४ असार काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सभामुखबाट रास्वपाको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन नगर्ने आग्रह गरेका छन् ।उनले सबै प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्न सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका हुन् ।

‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्, ‘यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन आग्रह गरे ।