मर्न लागेँ मामा भनेपछि चेक दिएको हुँ, आर्थिक कारोबार छैन – सांसद चौधरी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२
950
SHARES

६ असार काठमाडौं । नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले आफूले कुनै पनि रकम लेनदेन नगरेको दाबी गरेका छन् ।उजुरी दिने रोल्पाका धात बुढा मगर र आफूबीच मामा भाञ्जाको सम्बन्ध रहेको उल्लेख गर्दै उनले आफ्नो कुनै पनि आर्थिक कारोबार नरहेको बताएका हुन् ।

उनले भने, ‘आमापछिको मामा भन्थ्यो, मैले भान्जा भन्थे, म त मर्न लाइगे मामा भन्यो, तपाईँको चेक दिएपछि मलाई सजिलो हुन्छ भन्यो, अनि मैले चेक दिएको हो, सरकारी काममा कहिले काहीँ अड्किँदा मैले सहयोग गर्थे, त्यो बाहेक लेनदेन नै गरेको छैन ।’आफूहरुबीच यसअघि पनि सहयोग आदानप्रदान हुने गरेको उल्लेख गर्दै उनले उजुरी दिने मगरको चेक आफूसँग पनि रहेको बताए ।

उनले भने, ‘भान्जाको चेक मसँग पनि छ, पानीले भिजेको हुँदा नयाँ चेक देऊ भन्दा भान्जाले दिएनन् । अहिले चेक अनादरमा मुद्दा हालेको भन्ने सुन्दैछु । त्यति धेरै पैसा मसँग छैन पनि, यो सबै नचाहिने कुरा हो ।’एमालेका मानिसहरूले उक्साएर आफूविरुद्ध उजुरी हालेको दाबी उनले गरेका छन् ।