ब्रिटिस गोरखाले पनि बेलायती सैनिकसरह नै सेवा पाउनुपर्छ – देउवा
७ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्ने बताएका छन् ।
सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताए ।
उनले भने, ‘ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागको विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिट्टै निष्कर्षमा पुग्छौं । ब्रिटिस गोरखाले पनि बेलायती सैनिकसरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो, तर उनीहरुले मानेका छैनन् ।’