संघीय संसद्का दुवै सदनको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ९ २०८२
1.2K
SHARES

९ असार काठमाडौ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्ने छ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल क्रममा सांसद्ले उठाएका प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीले दिने कार्यसूची छ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।