मुकुल ढकालको रिट सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
1.1K
SHARES

१२ असार काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज (बिहीबार) इजलास तोकिएको छ। रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार दर्ता रिट निवेदन आज न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।

ढकालले रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न/गराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन्।सर्वोच्चले मुकुलको उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्न बिहीबारका लागि पेसी तोकेको हो।