राष्ट्रपतिबाट हटिसकेपछि पनि पदको गरिमा राख्नुपर्छ – कांग्रेस


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १५ २०८२
1.4K
SHARES

१५ असार काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिले पदबाट हटेपछि पनि पदको गरिमा राख्नुपर्ने बताएको छ । आज बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिबाट हटेपछि पनि पदको संरक्षण गर्नुपर्ने आफूहरूको मत रहेको बताए ।

“राष्ट्रपति पार्टीभन्दा माथि उठेर देश र जनताको एकताको प्रतीकका रूपमा रहेको संस्था हो,” महतले भने, “रिटायर्ड भइसकेपछि पनि त्यहीरूपमा रही रहने संस्था हो भन्ने हाम्रो सोच हो ।”शनिबारमात्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।