पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबिच छलफल


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २१ २०८२
1.5K
SHARES

२१ असार काठमाडौं । विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ।