राजनीतिलाई सङ्लो पार्ने प्रयासमा छौँ – बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २१ २०८२
1.5K
SHARES

२१ असार काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अरू क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । शनिबार (असार २१) काठमाडौंमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको राजनीति विकृत भइसकेको उल्लेख गरे ।

उनले फोहोर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए । राजनीति ठिक भएपछि ऐन, कानुन र संविधानमा सुधार गर्न सकिने उनको भनाइ थियो ।