प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २३ २०८२
1.3K
SHARES

२३ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (असार २३) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजे बस्दै छ ।प्रधानमन्त्री  ओली संयुक्त राष्ट्रसंघको विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले उक्त सम्मेलन र स्पेनको औपचारिक भ्रमणका विषय सदनलाई जानकारी गराउने कार्यसूची तय भएको बताए ।

प्रधानमन्त्री ओली उक्त भ्रमण सकाएर यही असार २० गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले विदेश भ्रमणपूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ ।