आफ्नै पौरखले देशको विकास हुन्छ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २३ २०८२
1.3K
SHARES

२३ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् ।सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताएका हुन् ।‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो । कामकै लागि तीन मिलियन मान्छे बाहिर छन् । कामकै लागि गएका छन्’ उनले भने, ‘काम गर्ने जाति हो भनेर स्थापित छन् । अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो ।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अरूले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने तर्क गरे ।‘चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ’ उनले भने, ‘आफैँ खाने बाहेक अरूले खुवाइदिन त सम्भव नै छैन । आफ्नो बन्दोबस्त आफूले गर्ने बाहेक अरु कुनैले बन्दोबस्त गर्ने सम्भावना नै छैन ।’

उनले थपे, ‘त्यस्तो देशले विकास कसरी गर्‍यो त ? बाह्य सहयोगले मात्रै विकास हुने होइन, आफ्नै पौरखले विकास हुने हो खासमा तर हाम्रो देश विकास हुँदैन । यस्तो भूगोल छ ।’प्रधानमन्त्री ओलीले नेपालमा केही विपरीत कुराहरु भइरहेको जिकिर गरे ।