छानबिन समितिको पहिलो बैठक बस्दै
२४ असार काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको पहिलो बैठक बस्दैछ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा १२ बजेदेखि बैठक तय भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की छन् ।प्रतिवेदन पेश गर्न समितिले २१ दिनको समय सीमा पाएको छ ।