बिचौलियाको खेलमैदान संसद् बनाइँदै छ – प्रचण्ड
३० असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम संसद्लाई बिचौलियाको खेलमैदान बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैै दुई ठूला दलको अहंकारले संसद् बिचौलियाको खेलमैदान बनाइएको दाबी गरे ।
“संसद्को जसरी हुर्मत लिइएको छ । कथित दुई दलको अहंकारले सार्वभौम संसद्लाई समेत बिचौलियाको खेलमैदान बनाइँदै छ । देश र जनताका लागि खेदजनक छ,” उनले भने ।
उनले विद्यालय शिक्षा विधेयक किन पछि धकेलेको भनी प्रश्न गरे । धेरै मेहनत गरेर सदनमा ल्याएका विधेयकमाथि समेत हुने गरेको अवाञ्छित चलखेलले भएको बताए ।