अरुले कुरा गरेको आधारमा मलाई मुछ्ने काम भयो – मन्त्री अधिकारी


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ३० २०८२
1.7K
SHARES

३० असार काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी घुस डिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरु कसैले कुरा गरेको आधारमा आफुलाई मुछ्ने काम भएको बताए ।

हल्लाको आधारमा नभई तथ्यको आधारमा सत्यको खोजी गर्न आग्रह गर्दै उनले भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको बताए ।भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न उनले आग्रह गरे ।