अहिले राजीनामा दिन्नँ – मन्त्री अधिकारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.5K
SHARES

१ साउन काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा नदिने बताएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

३२ लाखको अडियो प्रकणरमा मुछिएका मन्त्री अधिकारीले त्यसबारे स्पष्ट पार्नका लागि पत्रकार सम्मेलन गर्दै भने,’पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ ।’ व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको थियो ।

यसअघि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।