प्रचण्डसँग शेखरको दुई घण्टा भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
3.2K
SHARES

१ साउन काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगेका थिए ।

स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् ।