पूर्वराष्ट्रपतिसँग मतभेद छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ५ २०८२
1.3K
SHARES

५ साउन काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै प्रकारको मतभेद नरहेको बताएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत मतभेद नरहेको बताएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

“पूर्वराष्ट्रपतिको आग्रहमा नै कार्यालयमा भेट भएको हो । उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबीचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन, यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ,” उनले भने ।उनका अनुसार, बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन आग्रह गरेका छन् । ओलीले एक लाख ३९ हजार पार्टी सदस्य थपिएकाले ०८४ मा एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका छन् ।