सुनको भाउमा भारी वृद्धि


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
1.5K
SHARES

७  साउन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २१ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।