पार्टीमा राख्ने भए काम देऊ – वरिष्ठ नेता गौतम


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
1.3K
SHARES

७  साउन काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।

भर्खरै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरे ।काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए ।