सञ्चालक सदस्य पोखरेलले चार महिनामै दिइन् राजीनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
1.3K
SHARES

७  साउन काठमाडौं । नेपाल बिमा प्राधिकरणकी सञ्चालक सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छन् । उनले सोमबार मन्त्रालयमा राजीनामा बुझाएको बताएकी छन् । स्वास्थ्य अवस्थाका कारण आफू बैठकमा सहभागी हुन नसकेकाले राजीनामा दिएको पोखरेलले बताएकी छन् ।पोखरेललाई गत चैत १ गतेदेखि लागु हुनेगरी चार वर्षका लागि महिला सञ्चालकमा अर्थमन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको थियो ।

पोखरेलले सरकारले नियुक्त गरेको चार महिनापछि प्राधिकरणबाट राजीनामा दिएकी हुन् । उनको योग्यतालाई लिएर बजारमा प्रश्न उठेको थियो । योग्यताकै कारण अध्यक्ष शरद ओझा पनि निलम्बनमा परेका छन् ।