निर्यातमा इतिहासकै उच्च विन्दु हासिल – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ८ २०८२
1.3K
SHARES

८ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् ।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् ।