नेप्से २,९८२.६४ विन्दुमा
८ साउन काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २,९८२.६४ विन्दुमा बन्द भएको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, कारोबार रकममा कमी आएको छ । आज १८ अर्ब ४९ करोड चार लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
एक लाख ५४ हजार ६४२ पटकमा तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १२३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२७ कम्पनीको सेयरमूल्य घटेको छ । आज ग्रिन भेन्चर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ५९५ रुपैयाँ २० पैसा कायम भएको छ । ट्रेड टावर, सान्भी इनर्जी र श्वेत–गंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रततिशतले बढेको छ ।
राधी विद्युत् कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ७७ करोड २१ लाख ४५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।आज कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।