राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०८२
1.1K
SHARES

९ साउन काठमाडौं । संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेकोप्रति सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

राष्ट्रपति पौडेलले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै <a
विधेयक फिर्ता गरेका थिए । लगक्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेर त्यसप्रति चासो व्यक्त गरेको स्रोतले बतयो ।

साथै भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ ।