नेप्से २,९६४.२० विन्दुमा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
3K
SHARES

११ साउन काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक १८.४४ अंकले घटेर २,९६४.२० विन्दुमा बन्द भएको छ । आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबारको तुलनामा कारोबार रकम आठ अर्बले बढेको हो ।आज २६ अर्ब ५७ करोड ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

जसमा ६३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १८६ कम्पनीको सेयरमूल्य घटेकोछ  ।समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको सेयरमूल्य १० प्रतिशतले बढको छ । आज शिवम् समेन्टको एक अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो कारोबारमा आएका कम्पनीहरूमध्ये सर्वाधिक मूल्यको सेयर खरिदबिक्री हो ।

कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकीको सेयरमूल्य घटेको छ । परिसूचक बढ्नेमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ ।

गत वर्षको साउन ३१ गते ३,०००.८१ विन्दुमा बन्द भएको बजार एक वर्षकै उच्च विन्दु हो । तर, यो विन्दुलाई आजको इन्ट्रा डे कारोबारमा पार गरेको थियो । आज ३,०१३ विन्दुसम्म परिसूचक पुगेको थियो ।सेयर बजारमा इतिहासकै उच्च विन्दु ३,१९८ हो । यो ०७८ भदौ २ गते पुगेको विन्दु हो ।