‘ग’ समूहको खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १२ २०८२
1.2K
SHARES

१२ साउन  काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तह समिति, बोर्ड, कोष समूहको खाता सञ्चालन गर्न थप स्वीकृति आवश्यक नपर्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकले सरकारी कारोबार गर्न स्वीकृतिप्राप्त ’क’ वर्गका वाणिज्य बैंकहरुलाई परिपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो।सरकारी कारोवार निर्देशिका वमोजिम सम्बन्धित स्थानीय तहको ’ग’ समूहको खाता सञ्चालन गर्न राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंक शाखामा खोल्न सकिने जनाएको छ। स्थानीय तह अन्र्तगत रहने कुनै निकाय वा संस्थाको आम्दानी स्थानीय सञ्चित कोषमा जम्मा नभई छुट्टै कोषमा जम्मा हुने र त्यसरी कोषमा प्राप्त भएको रकम सोही कोषबाट खर्च गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

त्यस्तो कोष सञ्चालन गर्न थानीय तहको ’ग’ समूहकोे खाता खोल्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सम्बन्धित कानूनमा रकम प्राप्ती, बजेट बाँडफाँट र खर्च लेखापरीक्षण लगायतका सम्पूर्ण प्रकृयाहरू स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने व्यवस्था छ ।खाता सञ्चालक समेत खुल्नेगरी सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय र स्थानीय तहको सिफारिस अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयले यस्तो खाता खोलिदिन सक्ने राष्ट्र बैंकले जनाएको छ । यस समूहको खाताको दस्तखत नमूना कार्ड कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित गर्नुपर्नेछ ।