सँगै राख्नसमेत सकिएन – केन्द्रीय सदस्य केसी
१२ साउन काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेश संसदीय दलमा विवाद समाधानका लागि आज छलफल हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । तर, आइतबार केन्द्रबाट प्रतिनिधि बनेर विवाद मिलाउन पुगेका केन्द्रीय सदस्य राजेन्द्र केसीले दुई पक्षलाई एक ठाउँमा राख्नसमेत सकेका छैनन् । उनले अहिलेसम्म दुई पक्षलाई एकसाथ राख्नसमेत नसकिएको बताए ।
“इन्द्र बानियाँजी त यही हुनुहुँदो रहेछ । बहादुरसिंह तामाङ अहिले बल्ल आउँदै हुनुहुन्छ,” केसीले भने, “उहाँहरू आएपछि सँगै राखेर कुरा गर्नेछु ।” केसीले आफ्नो भूमिका पर्यवेक्षकको मात्र हुने बताए । “निर्णय त वाग्मती प्रदेश संसदीय दलले गर्ने हो । मैले त मिल्नुहुन्छ भने प्रयास गर्ने हो,” केसीले भने, “मिल्नुहुन्न भने म त अविश्वास प्रस्तावको पर्यवेक्षक मात्र हुँ ।” आइतबार विवाद समाधानका लागि सहजीकरण गर्न भन्दै सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र केन्द्रीय कार्यालयले दिएपछि केसी हेटौँडा गएका थिए ।