अविश्वास प्रस्ताव फिर्ता लियौँ – कांग्रेसका दुई सदस्य


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
1.4K
SHARES

१३ साउन काठमाडौं । वाग्मती प्रदेश कांग्रेस संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर गरेका दुई सदस्यले अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् । अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका हुन् । दुई सांसदहरु मया श्रेष्ठ र मिना पराजुलीले आफूहरुलाई जानकारी नै नगराइ हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएको जनाएक छन् ।

“वाग्मती प्रदेश संसदीय दलका नेता माननीय बहादुर सिंह लामा (तामाङ्ग)को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो प्रस्तावको विषयमा चाहिँ जानकारी नै गराई हस्ताक्षर गराइएकोमा सो मा हामीहरुको असहमति रहेकाले उक्त अविश्वास प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता माननीय बहादुर सिंह लामालाई समर्थन रहेको व्यहोरा गराउछौँ ।”

दुई सांसदले जारी गरेको विज्ञप्ति आज सार्वजनिक गरिएको छ । लामा अहिले वाग्मती प्रदेशमा कांग्रेस र एमालेको संयुक्त सरकारमा मुख्यमन्त्री रहेका छन् ।  वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलको नेता परिवर्तनका लागि उनीहरु दुई सहित २१ सांसदले इन्द्रबहादुर बानियाँको पक्षमा हस्ताक्षर गरेका थिए ।

वाग्मतीमा कांग्रेसका जम्मा ३७ सदस्य रहेका छन् । अब दुई सांसदले फिर्ता लिएसँगै मुख्यमन्त्री लामाको पक्षमा १८ जना सांसद रहेका छन् भने बानियाँका पक्षमा अब १९ जना रहेका छन् ।