घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
1.3K
SHARES

१३ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।