मोर्चाको बैठकमा वामदेव गौतम पनि सहभागी


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
2.1K
SHARES

१३ साउन काठमाडौं । समाजवादी मोर्चा नेपालले बैठकमा हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका वामदेव गौतम पनि सहभागी भएका छन्।नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा वरिष्ठ नेता गौतम पनि सहभागी भएका हुन्।बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा केन्द्रित रहेको नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले बताए। आजको बैठकले मोर्चालाई प्रभावकारी ढङ्गले चलाउनेबारे निर्णय लिने उनले बताए।

मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहित दुई दलका शीर्ष नेताहरुबीच दुई दिन छलफल भएको थियो।