घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १५ २०८२
1.1K
SHARES
१५ साउन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २२ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट