पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२
4.8K
SHARES

१६ साउन काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घट्दा डिजल र मट्टितेलको मूल्य भने बढेको छ।

डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँ बढेको हो। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ पुगेको छ।  खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको छ।