झलनाथले खुरुक्क राजीनामा दिएर हिँडे हुन्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२
3.5K
SHARES

१६ साउन विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झालनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् ।सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा यस्तो भनेका हुन् ।पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए ।

उनले भने ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।उनले खनाललाई पाटीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए । उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।

उनले भने, ‘यो हाम्रो पाटीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’उनले माओवादीसँग एकीकरणको कुरा नभएको बताए । उनले भने ‘तपाईँहरुलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको ? यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ । दुई पाटी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।’उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने, ‘एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ ।’

उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू माथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए । उनले भने, ‘मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्याविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ ।उनले पताञ्जलीलाई सार्वजनिक जग्गा एक टुक्रा पनि नदिएको दाबी गरे । उनले पताञ्जलीलाई हद बन्दी भन्दा बढी जग्गा किन्न कानुनले नै दिएको बताए ।