सबै समूह राताम्य


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.9K
SHARES

१८ साउन काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज पनि घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६३.७३ अंकले घटेर २,८५८.९० बिन्दुमा बन्द भएको छ । यसअघिको कारोबार दिन बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेको थियो ।परिसूचक पछिल्लो तीन दिनदेखि घट्ने क्रममै छ । गएको बुधबार नेप्से परिसूचक ४७.९३ अंकले घटेको थियो ।आज कारोबारमा आएका १३ समूहकै परिसूचक घटेर राताम्य भएका छन् । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा पनि दैनिक गिरावट आइरहेको छ । आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसको अघिल्लो दिन बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज १६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २३३ कम्पनीको सेयर मूल्य घटेको छ ।ट्रेड टावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बिमा कम्पनीको ७५ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन कारोबारको ७१ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।