३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने – उपमहासचिव शर्मा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
4.4K
SHARES

१८ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्छ भनेर खुमलटारबाटै चलाइएको हल्ला आफूले खारेज गरेको बताएका छन् ।

बैठकमा बोल्दै शर्माले माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने प्रष्ट पारे ।बैठकमा जनार्दनको भनाइ उदृत गर्दै एक नेताले भने–हिजो अध्यक्ष प्रधानमन्त्री हुँदा बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइयो । प्रभाकर एमालेमा जाँदैछ भनियो । राज्यका संयन्त्रहरु लगाइयो । आज पनि भइरहेकै छ,तर म पार्टी बलियो बनाउन लागिरहेको छु,कहिँ जान्न ।

शर्माले आफूलाई कारवाही गरे भोग्न तयार रहेको र गल्तिबापत आत्मालोचना पनि गर्न तयार भएको बताए ।उनले २०६४ मा ३१ लाख भोट ल्याएको पार्टी अहिले ११ लाखमा झरेको जिम्मा कसले लिने ? भनी प्रश्न गरेका थिए । उनले सबैले आ आफ्नो हैसियत र जिम्मेवारी अनुसार आत्मालोचना गर्नुपर्ने बताए ।