मुख्यमन्त्रीले गरे राजीनामाको घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
2.4K
SHARES

१८ साउन काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी लामाले राजीनामा दिने घोषणा गरेका हुन् । संविधानअनुसार राजीनामा दिनुपर्ने कारण नभए पनि पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिन लागेको उनको भनाइ छ । उनले पार्टीलाई भाँडभैलोमा जान नदिन आफूले मार्गप्रशस्त गरेको बताए ।

“मैले संविधानतः राजीनामा गर्नुपर्ने कुनै कारण थिएन । म पाँच वर्षका लागि संसदीय दलको नेता निर्वाचित भएको थिएँ । दुई वर्षका लागि बनेको मुख्यमन्त्रीबाट अहिले नै राजीनामा दिने अवस्था किन आयो, इतिहासले समीक्षा गर्ने नै छ,” मुख्यमन्त्री लामाले भने ।

उनले अगाडि थपे, “तर, पार्टी सभापति शेरबहादुर देउवाको आग्रह र पार्टीलाई विधिमा चल्न आयन सक्ने समस्या रोक्न राजीनामा दिने निर्णय गरेको छु ।” लामाले आजै प्रदेश प्रमुखलाई भेटेर राजीनामा दिन लागेको बताए ।