सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प गर्‍यौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १९ २०८२
7K
SHARES

१९ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकतावद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् ।स्थायी समितिको बैठक सकेर पेरिसडाँडाबाट निस्किँदै गर्दा उनले माओवादीलाई एकतावद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

दाहालले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामूहिक प्रतिवद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौं ।’

फेरि एकचोटि जनतामा गएर देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले भने वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेण्डामा उच्चस्तरमा गम्भिर छलफल भएर निष्कर्ष निकालिएको बताए । अरु कुरा प्रवक्ताबाटै सुन्न भन्दै उनी हिँडेका थिए ।