जनार्दन शर्माले माइन्युटमा गरे हस्ताक्षर


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १९ २०८२
3.8K
SHARES

१९ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ४ वर्षपछि पार्टी उपमहासचिवका रुपमा पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गरेका छन्। अहिलेसम्म पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नगरेकोमा शर्माले स्थायी समिति बैठकमा आत्मालोचना समेत गरेका छन्। आत्मालोचनापछि उनले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गरेका हुन्।

शर्माले ४ वर्षदेखि उपमहासचिवका रुपमा माओवादी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको खबर सर्वाजनिक गरेको थियो।  माइन्युटमा हस्ताक्षर नगरेकोमा सोमबारको स्थायी समिति बैठकमा बरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पनि शर्माको आलोचना गरेका थिए।