सुनको भाउ हालसम्मकै उच्च


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
4.2K
SHARES

२० साउन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय ८० रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।