घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
२१ साउन काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको नाफा घटेको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा कुल १३ करोड १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो।अघिल्लो आर्थिक वर्षमा १४ करोड ६ लाख नाफा कमाएको लघुवित्तले चालू आवमा भने नाफा बढाउन सकेन। लघुवित्तले गत आवमा कुल २१ करोड बराबरको ब्याज आम्दानी गर्दा २१ करोडकै सञ्चालन आम्दानी गरेको थियो।
यो अघिल्लो आर्थिक वर्षभन्दा कम हो। अघिल्लो आवमा कम्पनीले क्रमशः ३१ करोड र ३२ करोडको आम्दानी गरेको थियो। गत आवमा आम्दानी घट्नु र खराबकर्जा पनि बढ्न पुग्दा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो।अघिल्लो आवमा ३.१६ प्रतिशतमा रहेको खराबकर्जा गएको आवमा बढेर ३.८४ प्रतिशतमा पुगेको हो। कम्पनीको खुद नाफा घट्दा यो वर्ष लगानीकर्ताले पाउने लाभांश पनि घट्ने देखाएको छ।
गत आवको नाफाबाट कम्पनीले लगानीकर्तालाई दिन मिल्ने नाफा कुल १० करोड ७८ लाख रुपैयाँ छ। यदि कम्पनीले चाहेमा उक्त रकमबाट लगानीकर्तालाई प्रतिकित्ताका दरले ८.०२ रुपैयाँसम्म लाभांश दिनसक्नेछन्। अघिल्लो आवमा ११ करोड ९९ लाख रुपैयाँबरारबको प्रतिकित्ता ९.७२ रुपैयाँ लाभांश दिन सक्ने क्षमता थियो। जसबाट कम्पनीले ९.४७ प्रतिशत लाभांश दिएको थियो।