प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २१ २०८२
3.2K
SHARES

२१ साउन काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ ।

सम्मेलनमा भाग लिन आवाजा पुगेका प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुई पक्षीय हित र गर्नसक्ने सहयोगबारे कुराकानी भएको छ । यसअघि, प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए ।