विद्या भण्डारी संरक्षक रहेको समितिको कार्यालय थापागाउँमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २२ २०८२
1.9K
SHARES

२२ साउन काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय खोल्ने भएको छ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी संरक्षक रहेको समितिले काठमाडौंको थापागाउँमा एउटा घर भाडामा लिएको छ ।

भण्डारीका स्वकीयसचिव राजकुमार राईले त्यो समितिको कार्यालय हुने बताए । “विभिन्न जिल्लाबाट आउँदा भेटघाटका गर्न लागि समितिको कार्यालय हो,” उनले भने ।  गएको असार ३१ गते डोरमणि पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरिएको थियो । समितिले अब जिल्ला–जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउने निर्णय गरेपछि भण्डारी सोही समितिका कार्यक्रममार्फत जिल्ला दौडाहामा निस्कने तयारी रहेको उनीनिकट नेताहरूको भनाइ छ ।