वैकल्पिक विकास वित्त विधेयक दराजमा थन्किँदैन – अर्थमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२
1.2K
SHARES

२३ साउन काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त विधेयक पारित गरेर दराजमा थन्क्याउनको लागि नभई चाँडो प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि ल्याउन लागेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथिको छलफलमा सहभागी हुँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

समितिमा अर्थमन्त्रीले भने, ‘हामी यो विधेयक पारित गरेर दराजमा थन्क्याएर, दराजको शोभा बढाउन चाहिँ चाहन्नौँ । यसलाई चाँडै कार्यान्वयनमा लैजान चाहन्छौँ । त्यस कारणले पूर्वाधारका क्षेत्रमा राम्रो प्रतिफल दिने आयोजनाहरूको बारेमा तयारी थालिसकेका छौँ ।’