यी विधेयकको अवधारणा सकारात्मक – गभर्नर पौडेल


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
1.3K
SHARES

२५ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सरकारले ल्याएको ‘वैकल्पिक वित्त परिचालन सम्बन्धी विधेयक’को अवधारणा सकारात्मक भएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा उक्त विधेयकको विषयमा संशोधनकर्ता, विज्ञसहितमा गभर्नर पौडेलले राष्ट्र बैंकले हाल ब्याजदर नियन्त्रणमा राख्न बजारमा खर्बौँ रुपैयाँको तरलता प्रवाह गरिरहेको बताए। “यस्तो कोषमार्फत स्वदेशी पुँजी परिचालन गर्न सके सस्तो स्रोत उपलब्ध हुन्छ र ब्याजदर बढ्नबाट रोक्न मद्दत पुग्छ,” गभर्नर पौडेलले भने ।

उनले वैकल्पिक वित्तीय साधनहरू परिचालन गर्न सकिने कानुनी व्यवस्था बनेमा दीर्घकालीन रूपमा लगानी वातावरण सुधार हुने र बजारमा पुँजी आपूर्ति सहज हुने विश्वास व्यक्त गरे।