राजीनामा दिने तयारीमा रामहरि खतिवडा
२८ साउन २०८२ ।कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार प्रतिनिधि सभाको बैठक शुरू हुनु अघि सभामुख देवराज घिमिरे, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग उनले भेटेका थिए ।
कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।