प्रभु बैंकको नाफा ९६५ प्रतिशतले बढेर साढे पाँच अर्ब पुग्यो
२८ साउन काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको विवरणअनुसार बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेको छ ।गएको आर्थिक वर्ष २०८१/०८२ मा बैंकले पाँच अर्ब ४४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा ५१ करोड आठ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले खुद ब्याज आम्दानी सात अर्ब १९ करोड ७८ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्ष ११ अर्ब ८९ करोड आठ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।बैंकको सञ्चालन आम्दानी बढेको छ । गत वर्षको अन्त्यसम्म १३ अर्ब आठ करोड ४१ लाख सञ्चालन आम्दानी गरेको बैंकले अघिल्लो वर्ष नौ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन तीन खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी दुई खर्ब ३० अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।असार मसान्तसम्म खराब कर्जा ४.९६ प्रतिशत कायम छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.९४ प्रतिशत थियो ।वितरणयोग्य नाफा एक अर्ब चार करोड ५१ लाख रुपैयाँ छ । प्रतिसेयर लाभांश क्षमता ४ रुपैयाँ ४४ पैसा छ ।