रवि लामिछानेको स्वास्थमा समस्या


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २ २०८२
2.3K
SHARES

२ भदौ काठमाडौं । रवि लामिछानेको स्वास्थमा समस्या देखिएको छ । शनिबारमात्रै रुपन्देही कागारारबाट ललितपुरस्थित नख्खु कारागार ल्याइएका लामिछानेको शरीरको विभिन्न भागको छालामा समस्या देखिएको उपसभापति डीपी अर्यालले जानकारी दिए ।

उनले भने,“मैले उहाँलाई आजै भेटेको थिएँ । उहाँको शरीरमा समस्या देखिएको थियो । ट्रमा सेन्टरबाट चिकित्सक गएर चेकजाँच पनि गर्नुभएको छ । रिपोर्ट केही आएको छैन । आएपछि थप भन्न सकिएला ।”

लामिछानेको स्वास्थमा समस्या देखिएपछि ट्रमा सेन्टरका डाक्टरहरुको टोली नख्खु कारागार पुगेका थिए । लामिछानेलाई अस्पताल लैजाँदा सुरक्षा चुनौती हुने देखिएपछि कारागार प्रशासनले अस्पतालबाट डाक्टरहरुको टोली नै नख्खु कारागार बोलाएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले भने लामिछानेको स्वास्थ्यमा गम्भीर समस्या देखिएको पुष्टि नभएको बताउँदै भने, “सामान्य जाँच हो । यो एक नियमित चेक नै हो ।”