नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गाडी खरिद गर्न ६.२९ प्रतिशतमा कर्जा दिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२
1.9K
SHARES

३ भदौ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत कायम गरिएको छ ।

२०८२ भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकवर्गहरूलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।

सीमित समयका लागि मात्र लागु रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका देशभरका शाखाहरूबाट लिन सकिनेछ ।बैंैंकले २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।