बन्दीपुर केवलकारको आईपीओमा आजदेखि आवेदन दिन सकिने


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२
1.3K
SHARES

११ भदौ  काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गरेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ निष्कासन गरेको हो ।

भदौ ११ गते (आज) देखि छिटोमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा मागअनुसार आवेदन नपरे ढिलोमा भदौ २५ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

तर, पछिल्लो समय छोटो अवधिमा नै आईपीओमा मागभन्दा बढी आवेदन पर्ने गरेकाले भदौ १५ गते नै आवेदन बन्द हुने सम्भावना छ ।  लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।