निजामती कर्मचारी अस्पतालबाट ३६६ जना डिस्चार्ज


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ३१ २०८२
1.3K
SHARES

३१ भदौ काठमाडौँ । निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना घाइते डिस्चार्ज भएको विवरण सार्वजनिक भएको छ । अस्पतालले मंगलबार जारी गरेको सूचनाअनुसार आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएका थिए । त्यसमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना भएको अस्पतालले जनाएको छ । यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् ।

यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ ।  यस्तै सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो ।

548471290_1229769352527675_2548575151179158819_n