एनआईसी एशिया बैंक : सीईओ न्यौपानेले दिए राजीनामा, का.मु सीईओको जिम्मेवारी राठीलाई


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
1K
SHARES

२ असोज काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा बैंक सञ्चालक समितिको आज असोज २ गते बसेको बैठले आजैबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।

न्यौपानेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।