सुन हालसम्मकै उच्च मूल्य


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ६ २०८२
3.2K
SHARES

६ असोज काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।हिजो सुनको भाउ तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।हिजो चाँदीको भाउ प्रतितोला २६ सय २० रुपैयाँमा कारोबार भएको थियो।